Skip to content

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

nabil bank

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरबारविहीन भएका १ सय ५० घर परिवारका लगभग ५ सय ४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख पचास हजार रुपैयाँ बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरू सहयोग गरेको हो ।

बुधबार मटिहानी नगरपालिका–६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । शनिबार मटिहानी नगरपालिकाका मेयर श्री हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life