Skip to content

सुनको मूल्य ४ सयले घटयो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi