Skip to content
Prabhu

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्र्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४६ रुपैयाँ १८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४० पैसा र बिक्रीदर ८ रुपैयाँ ४४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ रुपैयाँ ६२ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १८ पैसा र बिक्रीदर १२ रुपैयाँ २४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ र बिक्रीदर १७ रुपैयाँ ०७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal