Skip to content
Prabhu

पिपुल्स पावरको दुई आर्थिक वर्षको साधारणसभा आज

 

काठमाडौं । पिपुल्स पावरको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज सोमबार बस्दै छ । उक्त कम्पनीको छैटौं र सातौं वार्षिक साधारणसभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सो सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal