Skip to content
Prabhu

सुनको मूल्य ४ सयले घटयो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal