Skip to content
Prabhu

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो जेठ ९ गते साधारणसभा

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको ७औं वार्षिक साधारणसभा जेठ ९ गते अमृतभोग केटरर्स प्रालि, कालिकास्थानमा बस्ने आह्वान गरेको छ । उक्त प्रयोजनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको वैशाख १६ गते बसेको सञ्ञ्चालक समितिको बैठकको निर्णयअनुसार वैशाख २७ गते बुक क्लोज गर्ने भएको हो ।

सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९र८० को वासलात, नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

त्यस्तै, सभाले चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस सेयर र १.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । वोनस सेयर र हकप्रद सेयर निष्कासन पश्चात अधिकृत, जार तथा चुक्ता पुँजी बृद्धि गर्न स्वीकृति गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले चुक्ता पूँजी कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । सर्वसाधारण सेयरधनी समुहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal