Skip to content
Prabhu

रामेछाप उडेको सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौं । सोमबार बिहान साढे ९ बजे काठमाडौंबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । जहाजमा ११ जना यात्रु थिए। हाइड्रोलिकमा समस्या आउँदा जहाज अवतरणमा समस्या हुन्छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो।

 

अर्घाखाँची सिमेन्ट
Hyundai

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्