Skip to content
Prabhu

निर्वाण चौधरीले भनेः वाइवाइ गुणस्तरमा समस्या छैन, उद्योग हेर्ने इच्छा भए स्वागत छ

काठमाडौं । वाइवाइको उत्पादक कम्पनी सिजी फुड्सका प्रवन्ध निर्देशक निर्वाण चौधरीले वाइवाइको गुणस्तरमा समस्या नभएको बताएका छन् ।

सामाजिक सञ्जाल(एक्स)मा चौधरीले विश्वभरको ४० देशको प्रिय ब्राण्ड भएको वाइवाइ थप देशमा फैलदै गएको र आइपीओ ल्याएर सर्वसाधारणको समेत सहभागिता बढाउने जानकारी दिए ।

पछिल्लो समय वाइवाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेको भन्दै उनले चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएको बताए ।

उनले वाइवाइलाई निशाना बनाएको भन्दै चौधरी ग्रुप उपभोक्ताको स्वास्थ्यमा सजक रहेको बताए ।

“वाइवाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं। ”चौधरीले भने । उनले कसैलाई कारखाना भ्रमण गर्न मन भएमा स्वागत गर्न तयार रहेको बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal