Skip to content
Prabhu

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

nabil

काठमाडौं। रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान काठमाडौँबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलले जनाएको छ । 

रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौँ अवतरण गराई प्राविधिक जाँच भइरहेको छ । हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या भएको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal