Skip to content

मंगलबार नेप्से २५.९३ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८० करोड

nabil bank

 

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ।

आज नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७५ हजार २७१ पटकको कारोबारमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल (तराई) को सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्ला दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको पोखरा फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime