Skip to content
Prabhu

चर्चित कोरोना भ्याक्सिन कोभिसिल्डबाट गम्भीर साइड इफेक्टको पुष्टि

एजेन्सी । ब्रिटिस फार्मा कम्पनी एस्ट्राजेनेले पहिलो पटक अदालतमा उसले उत्पादन गरेको कोरोना महामारीविरुद्धको भ्याक्सिन कोभिसिल्डका कारण स्वास्थ्यमा गम्भीर साइड इफेक्ट हुने आरोप स्वीकार गरेको छ ।
एस्ट्राजेनेको यो खोपलाई युनिभर्सिटी अफ अक्फोर्डसँग मिलेर बनाइएको थियो । खोप लगाएपछि व्यक्तिको मृत्यु हुने वा ब्लड क्लटिङ हुनुका साथै अन्य गम्भीर समस्या देखिएपछि एस्ट्राजेनेलाई कानूनी कारबाहीको सामना गर्न परेको छ ।
कैयन परिवारले खोपका कारण जटिल प्रकारका समस्या देखिएको आरोप लगाएका छन् । बेलायती अखबार द टेलिग्राफले अदालतको कागजपत्रलाई उदृत गर्दै एउटा समाचार प्रकाशित गरेको छ । जसमा एस्ट्राजेनेका विरुद्ध पहिलो मुद्दा जेमी स्कट नामका व्यक्तले हालेका थिए ।
उनले सन् २०११ मा अप्रिलमा एस्ट्राजेनेको खोप लिएपछि स्थायीरुपमा ब्रेन इन्जरीको शिकार भएका थिए । खोप लिएपछि उनले काम गर्न नसक्ने अवस्थामा पुगेका थिए । जेमीको अवस्था यस्तो अवस्थामा पुगेको थियो कि उनकी श्रीमतीलाई अस्पतालले तीन पटक फोनमार्फत उनको श्रीमान मृत्युको अवस्थामा पुगेको बताएको थियो ।
जेमीलााई टीटीएस (थ्रोम्बोसिस विथ थ्रोम्बोसायटोपिनिया सिन्ड्रोम) नामको गम्भीर समस्या देखिएको थियो  जसमा मानिसहरुको मस्तिष्कमा रगतको क्लोट्स बन्छ र प्लेटलेट्स  कम हुँदै जान्छ ।
रिपोर्टअनुसार एस्ट्राजेनेले यसै वर्षको फेब्रुअरीमा अदालतमा कागजपत्र जम्मा गरेको छ । जसमा कोरोनाविरुद्धको उक्त खोप लिएपछि टीटीएसको घटना केही व्यक्तिमा देखिन सक्ने उल्लेख छ । बेलायतको उच्च न्यायालयले कम्पनीका विरुद्ध ५१ वटा मुद्दा दर्ता गरेको छ । पीडित परिवारहरुले कम्पनीका विरुद्ध एक सय मिलियन पाउण्ड अर्थात् करिब १७ करोड रुपैयाँ क्षतिपूर्तिवापत रकम माग गरेका छन् ।
एस्ट्राजेनेले सन् २०२३ मा खोप लगाइसकेपछि टीटीएस हुनसक्ने सम्भावनालाई भने अस्वकिार गरेको थियो । यद्यपि अहिले आएर कम्पनीले केही व्यक्तिमा दुर्लभरुपमा यसप्रकारको समस्या देखिनसक्ने स्वीकार गरेको हो । पीडित परिवारहरुले भने यो खोप स्वास्थ्यका लागि निकै खराब भएको भन्दै आरोप लगाएका छन् । कम्पनीले परीक्षणमा भने कुनै पनि समस्या नदेखिएको समेत दाबी गरेको छ ।
भारतमा यो खोप उत्पादन रिसम इन्स्टिच्युट अफ इन्डियाले गरेको थियो । बजारमा खोप आउनुभन्दा पहिले नै एसआईआईले एस्ट्राजेनेका साथ खोप उत्पादनका लागि सम्झौता गरेको थियो । रिसम इन्स्टिच्युट विश्वको सबैभन्दा ठूलो खोप बनाउने कम्पनी हो । भारतमा ८० प्रतिशतभन्दा बढी भ्याक्सिन डोज कोभिसिल्डको लगाइएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal