Skip to content
Prabhu

हिमालयन लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि

 

काठमाडौं । हिमालयन लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ७३।८७ प्रतिशतले बढेर १ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज घट्दा हिमालयन लघुवित्तको नाफा बढेको हो ।गत वर्ष २ करोड २९ लाख ७३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । सो कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन आम्दानीमा आकर्षक वृद्धि भएको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुर्याएको हो । खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढेर १५ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७३.७२ प्रतिशतले बढेर १ करोड ६२ लाख ६७ हजार रुपैयाँमा पुगेको छ । सो कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ०२ पैसाले बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ ।चैत मसान्तसम्म आइपुग्दा हिमालयन लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal