काठमाडौं । नेपाल एसबीआई बैंकलाई रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल राष्ट्र बैंकद्वारा सम्मानित गरिएको छ । बैंकलाई वैशाख १४ गते राष्ट्र बैंकको ६९ औं वार्षिक साधारणसभाको अवसरमा प्रशंसापत्र प्रदान गरिएको हो ।
उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९र८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल एसबीआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १ सय २१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्