काठमाडौं । प्रभु बैंकले दुई जना सञ्चालक नियुक्त गरेको छ । सो बैंकले वैशाख १७ गते सोमबार बसेको सञ्चालक समितिको १३८ औ बैठकको निर्णयअनुसार सञ्चालक नियुक्त गरेको हो ।
बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोरजंग कार्की र सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा भावना बलायरलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्