Skip to content
Prabhu

आईएमएफद्वारा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण

 

काठमाडौं । सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण सार्वजनिक गरेको छ ।

यसअघि आईएमएफले सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको छ । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।

एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक मंगलबार सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत हुने अनुमान गरेको हो । आईएमएफले सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने अनुमान गरेको छ । जुन गत असोजमा सार्वजनिक गरिएको अनुमान बराबर नै हो ।

उक्त कोषले सन् २०२४ मा एसियाली देशको अर्थिक वृद्धि ४.५ प्रतिशतले हुने अनुमान गरेको छ। सन् २०२४ मा भारतको आर्थिक वृद्धि ६.८ प्रतिशतले हुने कोषले अनुमान गरेको छ । जुन गत असोजमा गरिएको अनुमानभन्दा ०.५ प्रतिशत बढी हो । दक्षिण एसियाली देशमा भारतपछी बंगलादेशको आर्थिक वृद्धि सबै भन्दा धेरै ५.७ प्रतिशत हुने कोषले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal