Skip to content
Prabhu

गर्मीले बेहाल, ब्रेड र दूधभन्दा महंगो भयो ‘बरफ’

एजेन्सी । गर्मीले नेपालसहित विभिन्न देशमा उत्पात मच्चाएको छ । भारतका पनि केही सहजमा गर्मीले जनतालाई अत्याएको छ ।
तर अफ्रिकाको यस्तो एउटा देश छ जहाँ गर्मीले रेकर्ड नै तोडेको छ । मानिसहरुको अवस्था बिग्रँदो छ । यतिसम्म कि दूध र ब्रेडभन्दा आइस क्यूब अर्थात् बरफ महंगो हुन थालेको छ ।
अफ्रिकी मुलुक मालीको राजधानी बमाको एक पसलमा भेटिएकी फातुमा याताराले भनिन्, “निकै गर्मी भइरहेको छ । त्यसैले म पसलमा बरफ किन्न आएकी छु ।” यो ठाउँमा विजुलीको पनि आपूर्ति सहज छैन । विद्युत् नहुँदा फ्रिजमा बरफ जमाउने अवस्था पनि छैन ।
चर्को गर्मीका कारण खाना प्रिजर्भ गर्न गाह्रो हुन्छ । यस्तोमा बरफको सहारा लिनुपर्ने हुन्छ । बमाकोमा यतिबेला गर्मी ४८ डिग्री सेल्सियस पुगेको छ । यस्तोमा बरफले केही हदसम्म उनीहरुलाई सहयोग गरिरहेको छ । यसको मूल्य जुन गतीमा बढिरहेको छ । यसले उनीहरुको जीवनमा तनाव थपिदिएको छ । समस्या अझ बढाएको छ ।
उनी भन्छिन्,  “कुनै स्थानमा  एक थैली आइस क्यूबको मूल्य ३०० देखि ५०० फ्रैक्स् सीएफएसम्म पुगेको छ । यो निकै महंगो हो ।” बमाकोमा आइस क्यूब्सको यो मूल्य  दूध र ब्रेडको तुलनामा बढी हो । नाना कोनोते त्राओरेका लागि गर्मी एक नयाँ समस्या बनेर आएको छ । उनीहरु पहिले सातामा एक दिन मात्रै खाना बनाउँथे भने अहिले हरेक दिन खाना बनाउनुपर्ने अवस्था छ । कहिलेकाँही त पूरा दिन नै विजुली कटौती हुन्छ । यसका कारणले खाना खराब हुन्छ र खाना फाल्नुको विकल्प हुँदैन ।
मालीमा विजुलीको समस्या सुरुआतमा लगभग एक वर्ष अगाडिदेखिको हो । सरकारी पावर कम्पनीमा गत वर्ष करोडौँ डलरको ऋण बढेपछि विद्युत् मागअनुसारको आपूर्ति गर्न सकेको छैन । कार्यालयहरुमा जेनेरेटर पनि चलाउन सकिएको अवस्था छैन । किनभने यहाँ इन्धनको मूल्य निकै बढी छ ।
विजुली नहुँदा रातभर पंखा चल्दैननन् । त्यसैले मानिसहरु घरबाहिर सुत्न  बाध्य छन् । यसको असर शरीरमा पर्ने गरेको छ । बमाकोको बाहिरी क्षेत्रमा सौमैला मैगा नामका एक नौजवानले आफूहरु निकै तनावमा रहेको बताउँछन् । रातिको समयमा तापमान ४६ डिग्री सेल्सियससम्म पुग्छ । जसले गर्दा घरभित्र सुत्न नसक्ने भएकाले बाहिर सुत्नपर्ने अवस्था छ । बढ्दो तापमानको असर बालबालिका र बृद्धबृद्धामा पर्ने गरेको छ । अस्पतालमा बिरामीको संख्या प्रत्येक दिन बढ्दो छ । शरीरमा पानीको अभावमा मानिसहरु बिरामी बढ्दो क्रममा छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal