Skip to content
Prabhu

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

 

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले घटाएको हो।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ पुगेको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ ।

पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ । निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ बढाएर १३७ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलो लिटर ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ  ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal