Skip to content
Prabhu

‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ आयोजना

काठमाडौं । यहाँस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आज यहाँ ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ को आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घको अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताए । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्व रहेको जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरे। काठमाडौँमा यही वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन भएको थियोे । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९एमआइसीसीआइए० र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागीता थियोे ।

उक्त बिटुबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसीसीआइएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि लगानी सम्मेलनको एकदिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal