काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावर १५ करोड ११ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको ९ महिनामा यस कम्पनी १५ करोड ८९ लाख ७३ हजार नोक्सानमा थियो । उक्त सअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य घटेको छ ।
विद्युत् बिक्रीबाट हुने आम्दानी १.०२ प्रतिशतले घटेर ४३ करोड ५ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ४३ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कुल नाफा पनि १.७९ प्रतिशतले घटेर २३ करोड ३४ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा न्यादी हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४४ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ०५ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्