काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलरको मूल्य खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ३६ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा र बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७४ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्