Skip to content
Prabhu

एसियन हाइड्रोपावर ९ महिनामा ४ करोड ८८ लाख घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०(८१ को तेस्रो त्रैमाससम्म एसियन हाइड्रोपावर लिमिटेडले ४ करोड ८८ लाख ५५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको ९ महिनामा पनि यो कम्पनी २ करोड ५० लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा घाटा व्यहोरेको हो ।

९ महिनामा यसले कुल ९ करोड ४३ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।

यसको वित्तीय खर्च ८ करोड ४२ लाखबाट घटेर ८ करोड १७ लाख कायम भएको छ । ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एसियम हाइड्रोपावरको रिजर्भ भने ६८ लाख ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३७ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ ९९ पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal