Skip to content
Prabhu

११० बिलियन डलर खर्चेर शेयर बाइब्याक गर्दै एप्पल

एजेन्सी । टेक कम्पनी एप्पलले इतिहासकै सबैभन्दा ठूलो शेयर बाइब्याक गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले ११० बिलियन डलरको शेयर खरिद गर्नेछ । कम्पनीले शुक्रबार  आर्थिक वर्ष २०२४÷२५ का दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै उक्त घोषणा गरेको हो ।
कम्पनीका फाइनान्सियल अफिसर लुका मेस्त्रीले बाइब्याकको निर्णयमाथि टिप्पणी गर्दै प्रडक्ट बिक्रीमा भएको कीर्तिमानी बिक्रीपछि कम्पनीलाई आगामी दिनमा शेयर मूल्य बढ्नेमा आत्मविश्वास बढेको छ । उनले एप्पलको सेल्स रेकर्ड अहिलेसम्मकै बढी भएको बताए ।
कम्पनीले जनवरीदेखि मार्च सम्म ९०.८ बिलियन डलरको कमाइ गरेको थियो । यस अवधिमा कम्पनीले २३.६ बिलियन डलर नाफा कमाएको छ । उक्त वित्तीय विवरणसँगै शेयरधनीलाई ०.२५ डलर लाभांश दिने पनि घोषणा कम्पनीले गरेको छ ।
यसका साथै कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतले बढोत्तरी भएको छ । अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा कम्पनीको ६ प्रतिशसम्मले शेयर मूल्य बढेको थियो । तर कारोबार बन्द हुँदासम्म २.२० प्रतिशतले बढेर १७२.०३ डलरमा पुगेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal