Skip to content
Prabhu

ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई नै हुन्छः पर्यटनमन्त्री तामाङ

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको  समापनमा मन्त्री तामाङले निगमको चुनौती र समस्यालाई समाधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।
पर्यटनमन्त्री तामाङले निगमको व्यावसायिक विकासका लागि सबै कर्मचारी एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । निगमले गर्दैआइरहेको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिने बताउँदै उहाँले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तरवृद्धि हुने गरी काम गर्न ध्यानाकर्षण गराए ।
निगमको कार्य र भावी योजनाबारे जानकारी गराउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयसँगको प्रभावकारी समन्वय र सहयोगमा निगमको सेवालाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal