Skip to content
Prabhu

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार

काठमाडौं । टीभीएसले ‘टीभीस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक साता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम आईएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराएको थियो ।

योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार पुरस्कार जितेका छन्। त्यसैगरी, सपना सापकोटाले एनटर्क रेस ऐडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal