Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको साधारण सभा आज

 

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा आज आइतबार बस्दै छ । कम्पनीले यस वर्ष लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । तर, कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन ।

साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ६ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal