Skip to content
Prabhu

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले सो होटललाई चार तारेमा वर्गीकरण गरेसँगै प्रदेशकै पहिलो चार तारे होटल बनेको हो ।
अर्घाखाँची सिमेन्ट
Hyundai
विभागले पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको जनाएको छ ।
होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अति उत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । कर्णाली प्रदेशकै सुबिधा सम्पन्न उक्त होटलमा चार स्वीट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा छन् भने चार वटा कन्फ्रेन्स हल, छ सयभन्दा बढी क्षमताको ब्यांकवेट हल, पुल बार रेस्टुराँ समेतको सुविधा उपलब्ध छ । साथै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटीपार्लरलगायतका सुविधा समेत होटलमा छन् ।
विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देसक केशब न्यौपानेले जानकारी दिए । २६ वर्ष अघि टिकापुरबाट व्यवसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा बिस्तार गरिरहेको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीको सेवामा कूल दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्