Skip to content
Prabhu

अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी

कर्णाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्दै उनले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्ने छ भने । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गरेका हुन् ।

‘सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा गर्नका लागि सरकारले विशेष महत्वका आयोजनाहरुलाई चाँडोभन्दा चाँडो कार्यान्वयनको चरणमा पुर्याउने तयारी गरिरहेको छ,’ उनले भने ।

खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने दबी गरे । ‘देश–विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ,’ उनले भने, ‘आम नेपालीमा खुसी छाएको छ । यसमा हामी पनि उत्साहित भएका छौँ ।’

सो अवसरउद्योगमन्त्री भण्डारी, खानी तथा भू–गर्भ विभागका महानिर्देशक घिमिरे, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले आयोजना स्थलको अध्ययन र अवलोकन गरेका थिए। नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजलेमा पुगेका एक सय ५० बढी ट्रकका सामानहरु झारेर जडानको कार्य तत्कालै थालिएकाले काम चाँडो भएको खानी तथा भू–गर्भ विभागले जनाएको छ ।

विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरु सुरु हुनेछन् । नेपाल र चीन सरकारबीच विसं २०७५ मा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal