Skip to content
Prabhu

सिटिजन लाइफले सेयरधनीलाई २८.४० प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आव २०७९र८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चाल समिति बैंठकले सेयर प्रिमियममा रहेको रकमबाट लाभांश दिने निर्णय गरेको हो ।

सो प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बोनस सेयर पश्चात यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal