Skip to content
Prabhu

मिथिला लघुवित्तको नाफा ९ महिनामा ४१.५१ प्रतिशतले बढ्यो

 

काठमाडौं । मिथिला लघुवित्तको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ४१.५१ प्रतिशतले बढेर ३ करोड ५४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष २०७९र८० को यही अवधिमा यसले २ करोड १२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।

खुद ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढेर ९ करोड ६५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४४.२९ प्रतिशतले बढेर ३ करोड ५३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ६० लाख ३६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal