Skip to content
Prabhu

आजदेखि भृकुटीमण्डपमा अफरसहितको यामाहाको ‘महाएक्सचेन्ज मेला २०८१’ सुरु

 

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट–यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरु गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आज काठमाडौँको भृकुटीमण्डपमा भएको हो।

एक सातासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अवसर प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौँ। यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ।’

यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकहरूलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। सहभागीहरूले आफ्नो ब्राण्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन्।

साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड(इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै १ लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ। यो एक्सचेन्ज प्रोग्रामले आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्ने छ।

यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निस्शुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेकअप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वास गर्ने सुविधा लिन सक्नेछन्। यस कार्यक्रमले डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ। मेला वैशाख २३ गतेदेखि २९ सम्म जारी रहनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal