Skip to content

विश्व बैंकले नेपालको वित्तीय क्षेत्र सबलीकरणका लागि १० अर्ब बढी सहयोग

nabil bank

 

काठमाडौं । नेपालको वित्तीय क्षेत्र सबलीकरणका लागि विश्व बैंकले ८ करोड डलर (१० अर्ब ६८ करोड ६८ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ।

विश्व बैंकको सञ्चालक समितिले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सबलीकरण, वित्तीय सेवामा विविधिकरण र वित्तीय पहुँच विस्तारको लागि यस्तो सहयोग गर्ने निर्णय पारित गरेको हो।

निजी क्षेत्रले डोर्‍याउने आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रको कार्य सम्पादनमा सुधार गर्ने उद्देश्यले यस्तो सहयोग दिन लागिएको हो।

साथै, बैंक तथा सबमा क्षेत्रको सुपरीवेक्षणको सबलीकरण गर्न, पुँजी, बीमा र विपत्तीबाट निम्तिने जोखिममा आवश्यक पर्ने वित्तीय उत्पादन निर्माण गर्न यो सहयोग प्रदान गरिन लागिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi