Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको नाफा ३२.३० प्रतिशतले बढ्यो

 

काठमाडौं । सर्वोत्तम सिमेन्टको चालु आर्थिक वर्ष २०८०र ८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष २०७९र८० को यसैअवधिमा यसले ९ करोड १२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको ९ महिनामा यसले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी ७४० प्रतिशतले बढेर ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

उक्त कम्पनीको चैत मसान्तसम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal