Skip to content
Prabhu

खराब कर्जा घटाएपछि आरम्भ चौतारी लघुवित्त नाफामा

 

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ९ महिनामा कम्पनी ५६ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । गत वर्ष ५६ लाख ९१ हजार सञ्चालन नोक्सानमा रहेको कम्पनीले यसअवधिमा २ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।

यसको खुद ब्याज आम्दानी भने ७० प्रतिशतले घटेर १९ करोड ४ लाख ६९ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले १९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ । गत वर्ष १०.५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर ४.४४ प्रतिशतमा झरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लख रुपैयाँ छ । जगेडा कोषमा भने १७ करोड ७३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ४४ पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ ०७ पैसा ऋणात्मक रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal