Skip to content
Prabhu

टेलिकमका निलम्बित प्रवन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड बिगो

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रवन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय हुने भएको छ ।

विशेष अदालतले पौडेललाई भष्ट्रचारमा दोषी ठहर गरेको थियो ।

विशेषले दोषी ठहर गरेपनि सजाय सुनाएको थिएन ।

भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको हो ।
मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ ।

यसमा अख्तियारले मुद्दा चलाएका सचिव मधु मरासिनीले विशेषबाट सफाइ पाएका थिए । सरकारले उनलाई अहिले अर्थसचिव बनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal