Skip to content
Prabhu

भारतको लोकसभा निर्वाचनः फलौदीको सट्टाबजार भन्छ- बिजेपी ३०० सिटमा सीमित हुन्छ 

एजेन्सी । भारतमा लोकसभा निर्वाचनको तेस्रो चरणको निर्वाचन पूरा भएको छ । अब बाँकी चार चरणको चुनाव बाँकी छ । सबै चरणको निर्वाचन पूरा भएपछि मतगणना सुरु हुनेछ ।
तेस्रो चरणको निर्वाचन पूरा हुँदासम्म राजस्थान जोधपूरको सट्टाबजार गर्मराएको छ । निकै धेरै उतारचढाव देखिएको छ । निर्वाचन सुरु हुँदा सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को लोकप्रियता कम हुँदै गएको छ । अर्थात  सुरुआती चरणको तुलनामा अहिले बिजेपीले केही सिट गुमाउँदै गएको सट्टाबजारको आकलन छ ।
अहिले सट्टाबजारमा बिजेपीले ३०३ निर्वाचन  जित्ने आकलन गरिएको छ । जुन सन् २०१९ सँग मेल खान्छ । निर्वाचन सुरु हुँदैगर्दा बिजेपीले ३३० देखि ३३५ सिट जित्ने बजारमा अनुमान गरिइउको थियो । साथै विजेपी सम्मिलित गठबन्धन एनडीएले भने ३४० देखि ३५० सिट जित्ने अनुमान गरिएको छ । साथै कांग्रेसले भने ५० देखि ५१ सिट जित्न सक्ने फलोदीको सट्टाबजारको अनुमान छ ।
बिजेपीको सिट गुम्नुमा विपक्षी गठबन्धन र त्यहाँको सर्वोच्च अदालतको आदेशपछि जारी भएको इलेक्ट्रोल बन्डलाई कारक मानिएको छ ।
तेस्रो चरणको मतदान सकिँदा बिजेपीका लागि ३००-३०३ सिटका लागि १ः१ को बाजी राखिएको छ भने ३२० भन्दा बढी सिट जित्नेको हकमा १ः२४ राखिएको छ । कांग्रेसको हकमा ५०-५१ सिटका लागि १ः१ र ६०-६१ सिटका लागि १ः३ राखिएको छ ।
भारतमा नयाँ मतदाताको सहभागिता कम देखिएको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार ६१ देखि ६२ प्रतिशत मतदान भएको छ । मतदाता कम हुनुमा सत्तारुढ दलका लागि राम्रो मानिएको छ ।
निर्वाचन अघि सार्वजनिक भएको इलेक्ट्रोल बन्डका कारण बिजेपीको लोकप्रियता घटेको सट्टाबजारको अनुमान छ । पछिल्लो अनुमानअनुसार बिजेपीले राजस्तान र मध्यप्रदेशमा केही सिट गुमाउने देखिन्छ भने उत्तरप्रदेशमा केही सिट बढाउने देखिएको छ । जुन सन् २०१९ को तुलनामा राम्रो मानिएको छ । तत्कालीन समयमा सट्टाबजारको अनुमानभन्दा बिजेपी सम्मिलित गठबन्धनले धेरै सिट जितेको थियो । यद्यपि तत्कालीन समयमा पुलवामा आक्रमणको सहानुभुती सत्तारुढ दलले पाएको पनि विश्लेषण गरिएको छ ।
सट्टा बजारको स्रोतका  अनुसार विजेपी गठबन्धन एनडीएसले दुई तिहाइ सिट भने जित्ने छैन । यदि सट्टाबजारको यो अनुमान सही भयो भने बिजेपी र नरेन्द्र मोदीले भनेको ४०० सिट पारको नतिजा आउने देखिन्न ।
फलोदी जोधपुर राजस्थानको सानो सहर हो ।  यो नुन उत्पादनका लागि प्रसिद्ध छ । यहाँको तापक्रम निकै धेरै हुन्छ । औसतभन्दा कम साक्षरता रहेको यो ठाउँमा कैयन गैरकानूनी गतिविधि समेत भएको पाइन्न्छ । यस ठाउँमा देशका विभिन्न स्थानमा  मानिसहरु बाजी राख्न जान्छन् । यस क्षेत्रमा निर्वाचन र क्रिकेट खेलका समयमा खर्बौ रकम बराबरको कारोबार हुन्छ । यस ठाउँमा हरेक दिन हरेक समय सट्टा बजार चलिनै रहन्छ । मानिसहरु मौसम, पशु लडाइलगायतका विषयमा पनि बाजी राख्ने गर्छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal