Skip to content

जापानको सहयोगमा विद्यालय भवन निर्माण

nabil bank
gjlgld{t ljBfno ejg uf]/vf, @^ j}zfv M ;lxb nvg ufpFkflnsf–* a'ªsf]6 l:yt >L /fd]Zj/L dfWoflds lJfBfnosf] rf/sf]7] kSsL ejg . hfkfg ;/sf/sf] ;xof]udf sl/a @ s/f]8 *( nfv ?k}ofsf] nfutdf ljBfno ejg ;lxt vfg]kfgL, sIffsf]7df kmlg{r/ Joj:yfkg, 3]/faf/ / km"naf/L ;d]t lgdf{0f ul/Psf] xf] . tl:j/ M bLKfs >]i7÷/f;;

गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब २ करोड ८९ लाख रुपैयाँ लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए।

‘नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ’, उनले भने, ‘विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।’ विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो ।

Hyundai

एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime