Skip to content

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

nabil bank
k|d …k|r08Únufot ;xefuLx? sf7df8f}F, @& j}zfv M lgd{n nfdf :d[lt k|lti7fgåf/f laxLaf/ g]kfn sDo'li6 kf6L{ -dfcf]jfbL s]Gb|_ s]Gb|Lo sfof{no k]l/;8fF8f sf]6]Zj/df cfof]lht lgd{n nfdfsf] @$cf}F :d[lt lbj;sf] sfo{qmddf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú nufot zLif{ g]tfx? . tl:a/ M k|bLk/fh jGt÷/f;;

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो भनेका छन् ।

आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औं स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भने, ‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३÷०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उनले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उनी आदर्श नेता हुनुहुन्थ्यो ।’

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताए । उनले भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’

त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime