Skip to content

बिहीबार सुनको मूल्य ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँ घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime