तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा २ सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ ।
व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ।
उक्त खेल मैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए ।
यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल ५२ लाख ८४ हजार दुई सय रुपैयाँ लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार रुपैयाँ र स्थानीयले ६ लाख चार हजार दुई सय रुपैयाँ सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्