काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.८४ विन्दुले बढेको छ । यससँगै सूचक १९६३.४५ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १६ सय ९ कित्ता सेयर कारोबार भएको छ ।
२३ कम्पनीको मूल्य बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्