Skip to content
Prabhu

स्वरोजगार लघुवित्तको नाफा ४०.३० प्रतिशत बढ्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्ममा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ४०.३० प्रतिशतले धेरै हो । स्वरोजगारले गत वर्ष २०७९र८० को चैत मसान्तसम्म भने ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा पनि सुधार भएको हो । साथै, वर्षको तुलनामा खराब कर्जा अनुपात केही कम गर्न सफल भएका कारण पनि नाफा बढेको देखिन्छ । खुद ब्बयाज आम्दानी ०.४५ प्रतिशत सुधार हुँदै २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । फि तथा कमिसन आम्दानी ३३६।८४ प्रतिशत बढेर ५० लाख २८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) १४.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४०.७९ रुपैयाँ पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal