Skip to content
Prabhu

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५ करोड १९ लाख

 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्ष २८०र८१ को ९ महिनामा ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष २०७९र८० को यही अवधिको तुलनामा ४० प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ ।

साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ । प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal