Skip to content
Prabhu

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।

ढकाललाई बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे ।

बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकटसम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, सामाजिक, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

अध्यक्ष ढकालले सम्मान ग्रहणपछि राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा अझ आफूलाई थप जिम्मेवार बढेको प्रतिक्रिया दिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal