Skip to content
Prabhu

राष्ट्र बैंकले कति तोक्यो आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ०८ पैसा छ भने बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८ रुपैयाँ ५९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ रुपैयाँ ६३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २० पैसा र बिक्रीदर १२ रुपैयाँ २६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७ रुपैयाँ १३ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १३ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal