काठमाडौँ । आजदेखि संघीय संसदको बजेट अधिवेधन सुरु हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
आजको बैठकमा सबैभन्दा पहिले सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसपछि प्रतिनिधिसभा नियमावली, २०७९ को नियमन १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुनेछ ।
त्यसपछि दलहरुले दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ । भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्राणसम्बन्धी विधेयकसम्बन्धन्धी समितिको प्रतिवेदन २०८० पेस गर्नुहुनेछ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भढडारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
तर नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै राखेको छानबिन समिति गठनको मागप्रति ठसमस नभएको अवस्थामा संसद् बैठक कसरी सञ्चालन हुन्छ भन्ने अन्योल कायमै छ । सभामुख देवराज घिमिरेले शीर्ष दलका नेतृत्वबीच गरेको छलफलमा कांग्रेस र राप्रपाले समिति गठनको माग राखेका थिए भने गृहमन्त्री लामिछाने र नेकपा (एमाले) त्यसको विपरीत अडान राखेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त छानबिन समिति बनाउनै नहुने बताएका थिए । अघिल्लो अधिवेदनमा समिति गठनको माग राख्दै संसद् अवरुद्ध गरेको कांग्रेस र राप्रपाले आज समिछि गठन नहुँदै बजेट अधिवेशन चल्न दिन्छन् वा दिँदैछनन् भन्ने हुनेछ ।
यद्यपि आजै बस्ने कार्यव्यवस्था समितिको बैठकले समिति गठन र संसद् सञ्चालनबारे छलफल गर्ने र त्यसबाट सकारात्मक निष्कर्ष निस्कने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्