Skip to content
Prabhu

जेठ १ गते सरकारले नीति तथा कार्यक्रम पेस गर्ने

 

काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ।

‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार जेठ १ गते मंगलबार अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन्छ।’

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal