काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेंलो धातुको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन १ लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ८५ मा कारोबार भएकामा आजका लागि भने १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्