Skip to content
Prabhu

बुटवल पावरको नाफा ३२.८६ प्रतिशतले घट्यो

 

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८६ प्रतिशत कम हो । गत वर्ष यसले २६ करोड ८१ लाख खुद नाफा आर्जन गरेको थियो विद्युत बिक्री र वित्तीय आम्दानी घट्दा नाफामा असर परेको हो । ५८ करोड ३१ लाख रहेको विद्युत बिक्रीबाट हुने आम्दानी अहिले ५४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

यता, वित्तीय आम्दानी ८ करोड ४४ लाखबाट घटेर ३ करोड ९० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च भने ९३ लाख ३६ हजार छ । ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । सो कम्पनीको इक्विटीमा ३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ छ ।चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्थ भने २०६.७८ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal