Skip to content
Prabhu

सोल्टी होटलको नाफामा १.०८ प्रतिशतले वृद्धि

 

काठमाडौं। सोल्टी होटलले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको भन्दा १.०८ प्रतिशतले धेरै हो । गत वर्ष होटलले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सोल्टी होटलले व्यवसायबाट चैत मसान्तसम्म कुल १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा १.३८ प्रतिशतले धेरै हो । गत वर्ष होटलले अर्ब ५ करोड करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यो त्रैमासमा होटलको सञ्चालन आम्दानी पनि ४६ करोड रुपैयाँबाट बढेर ५१ करोड २७ लाख रुपैयाँमा भएको छ । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएकोले नाफा बढ्न पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३५ करोड रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal