Skip to content
Prabhu

प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीको विरोध

काठमाडौं । सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सदनमा उठेका मुद्दाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए ।
सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal